Terms and Conditions

सर्वप्रथम प्रज्ञा इन्टरनेशनलले उपलब्ध गराएका वस्तु तथा सेवाहरु छनोट गर्नुभएको सम्पूर्णलाई हार्दिक धन्यवाद। हामीले हाम्रा ग्रहाक तथा उपभोक्ताहरुका लागि बनाएका नीति, निमय तथा सर्तहरु निम्न अनुसार रहेका छन्। (First of all big thank you to everyone who close the products and services provided by “Pragya International”. The policies, terms and conditions that we have made for our customers and consumers are as follows.)

भुक्तानी सर्तहरु (Payment Terms): प्रज्ञा ईन्टरनेशनलका सम्पूर्ण ग्रहाक वर्गलालाई प्रज्ञा इन्टरनेशनलबाट उपलब्ध कुनै पनि वस्तु तथा सेवाको खरिद गर्दा प्रि-पेमेन्ट तथा पेमेन्ट पेमेन्ट अन डेलिभरीको (Payment on Delivery) सुविधा रहने छ। कुनै पनि अफर चलेको बेला बाहेक अन्य समयमा सेवा तथा वस्तुको खरिदमा छुट हुनेछैन ।

सेवा सम्भौता (Service Agreement): कुनैपनि ग्रहाकले अनलाईन तथा अफलाईन फोन गरेर) प्रज्ञा ईन्टरनेशनलमा उपलब्ध भएका वस्तु तथा सेवा खरिद गर्दा रु १५००/- पन्ध्र सय भन्दा माथिको सामान भएमा फि होम डेलिभरीको सुविधा र सो भन्दा कमको भएमा स्थान हेरेर रु.१०० देखि रु १५०/- सम्म डेलिभरी शुल्क लाग्नेछ

हरेक ग्रहाकलाई प्रज्ञा ईन्टरनेशनलका कर्मचारीले तोकिएकै समयसीमा भित्र अर्डर गरेको वस्तु तथा सेवा उपलब्ध गराउने प्रयास गर्नेछ, यद्यपी कुनै पनि किसिमको खराब मौसम तथा स्टुक समस्याका कारण हुन सक्ने हिलापनका लागि प्रशा इन्टरनेशनल क्षमा प्रार्थी रहनेछ ।

उपभोक्ताको सन्तुष्टिमा ग्यारेन्टी (Guaranteed on customer satisfaction): प्रज्ञा इन्टरनेशनल सदैव उपभोक्ताको हितमा रही उच्च गुणस्तर र केमिकलरहित वस्तु तथा सेवाको विक्रीवितरणमा तत्पर रहेको हुँदा प्रज्ञा ईन्टरनेशनलबाट उपलब्ध वस्तु तथा सेवाको नियमित र निरन्तर प्रयोगबाट उपभोक्ताहरु सन्तुष्ट रहनेमा हामी दुक्क छौँ।

वस्तु तथा सेवा ग्यारेन्टी नीति (Goods and Services Guarantee Policy): प्रज्ञा ईन्टरनेशनलले सदैव ग्रहाकवर्गको हितलाई मध्यनजर गर्दै उच्च गुस्तर र केमिकलरहितका वस्तु तथा सेवाहरु उपलब्ध गराउनेमा यस संस्था कटिवद्ध रहनेछ यद्यपी कुनै पनि वस्तु तथा सेवामा शतप्रतिशत ग्यारेन्टी भने हुने छैन ।

डाटामा  गोपनियता (Data Privacy): हामी डाटा गोपनीयताको महत्व बुझ्दछौं र तपाईंको गोपनीय जानकारी को रक्षा गर्नको लागी उपयुक्त उपायहरु गर्नेछौं । हामी तपाईंको सहमति बिना कुनै पनि तेस्रो पक्षलाई तपाईंको जानकारी दिने वा बेच्ने छैनौ ।

सेवाहरुको समाप्ति (Termination of Service): कुनै पनि ग्रहाकले सहमतिको अवधि अर्थात तोकिएको मिति समाप्त हुनु अगाडी लिखित तथा टेलिफोन सूचनामा सेवा तथा वस्तु खरिद रोक्का गर्न सक्नेछ, तर सेवा तथा वस्तु कार्यालयबाट डेलिभरीको लागि ग्रहाककोमा निस्किसकेको खण्डमा खरिद रोक्का हुनेछैन ।

वस्तु तथा सेवा फिर्ता नीति ( Goods and Services Retaren Policy): प्रज्ञा ईन्टरनेशनलका लागि आफ्ना सम्पूर्ण ग्रहाकवर्ग सम्मानवीय ने रहनेछ तथापी बिक्री भइसकेको वस्तु तथा सेवा फिताको सन्दर्भमा एक पटक बिक्री भैसकेको वस्तु तथा सेवा फिर्ता हुने छैन । जुन कुरा हरेक ग्रहाकले सामान खरिदको क्रममा पाउने बिल तथा विजकमा नै उल्लेख रहेछ । यद्यपी प्रज्ञा इन्टरनेशलको कर्मचारीले ग्रहाकलाई उपलब्ध गराएको सेवा तथा वस्तु सोही बखत ने टूटेका, फुटेका, लिकेज भएको पाइएमा कुनै पनि वस्तु तथा सेवा खरिद गरेको ७ दिन सम्म फिर्ता गर्न पाउने अधिकार ग्रहाकमा रहनेछ, जसका लागि ग्रहाकले आफूले खरिद गरेका वस्तु तथा सेवाको साथमा बिलसहित केन्द्रिय कार्यलयमा उपस्थित हुनुपर्ने ।

त्यसैगरी कुनैपनि होलसेल ग्रहाकले आफूले बिक्रीका लागि लिएको वस्तु तथा सेवा फिर्ता गर्नु परेमा आफूले खरिद गरेको वस्तु तथा सेवाको म्याद गुज्जने मिति भन्दा एक महिना अगाडी नै फिर्ता तथा नयाँ मिति भएको वस्तुसँग साटासाट गर्ने सक्नेछन् तर म्याद नाघीसकेपछि भने उक्त वस्तु तथा सेवा फिर्ता हुनेछैन र त्यसको जिम्मेवारी खरिदकर्ता स्वयम्ले लिनुपर्ने ।

सर्तहरूमा परिमार्जनहरू (Modifactions of Terms): प्रज्ञा इन्टरनेशनलले ग्राहकलाई लिखित सूचना प्रदान गरेर कुनै पनि समयमा यी नियम र सर्तहरू परिमार्जन गर्न सक्नेछ ।

प्रज्ञा ईन्टरनेशलका वस्तु तथा सेवाहरू प्रयोग गरेर हाम्रा यी नियम र सर्तहरूमा सहमत हुनुभएको सम्पूर्णलाई पुनः धन्यवाद। यदि तपाईसँग हामीले उपलब्ध गराएका सेवा तथा वस्तु प्रति कुनै प्रश्न, जिज्ञासा तथा चिन्ता भएको खण्डमा हामीलाई बिना हिजधिचाड हामीलाई सम्र्पक गर्नुहोला ।

(Thank you again to all of you who have agreed to these terms and conditions by using Pragya International’s products and services. If you have any questions, inquiries and concerns regarding the services and products provided by us, please contact us without hesitation.)

Shopping Cart