About Us
Pragya International
प्रज्ञा इंन्टरनेशनल (Pragya International) एकातिर एक कस्मेटिक तथा आयुर्वेदिक उत्पादनहरुको मार्केटिङ गर्ने संस्था हो भने अर्कातिर सम्पूर्ण बेरोजगार ( Unemployed) नेपालीहरुको लागि जागीरको सुवर्ण अवसर पनि हो तर यहाँ प्रज्ञा शब्दको निर्माण प्र+ज्ञा मिलेर 'प्रज्ञा' बनेको छ । जहाँ 'प्र' को अर्थ प्रशंसा तामाङ छोरी र ''ज्ञा'' को अर्थ ज्ञानु कुमारी बोगटी तामाङ, आमा हो, अर्थात छोरी र आमाको नामबाट 'प्रज्ञा' नामको निर्माण भएको छ । त्यसैले यहाँ एक साथ "प्रज्ञा इन्टरनेशनल" भन्दा यसलाई "प्रज्ञा' नाम गरेको एक व्यापारिक संस्था जसले आयुर्वेदिक, कस्मेटिक तथा श्रीङ्गारसम्बन्धी वस्तु तथा सेवाको मार्केटिङ गर्ने कार्य गर्दछ भनेर बुझ्न सकिन्छ ।
प्रज्ञा ईन्टरनेशनलको स्थापनाको मुख्य कारण स्वदेशी तथा केमिकलरहित उत्पादनलाई प्राथमिकता दिउँ र सम्भव भएसम्म सम्पूर्ण नेपालीलाई केमिकलरहित (आयुर्वेदिक तथा कस्मेटिक) उत्पादनको प्रयोगमा जोड दिउँ भन्ने हेतुले भएको हो । यसको स्थापना लगातार १३ वर्षसम्म Marketing पेशामा आवद्ध भई त्यसबाट सिकेका र भोगेका कुराहरुबाट पाठ सिक्दै श्री राजेन्द्र तितुङले आफू पनि स्वदेशमै केही गरौं र सम्भव भएसम्म अन्य नेपालीलाई पनि यस क्षेत्रमा लाग्न र आफ्नो दैनिकी सुधार गरी गुणस्तरीय जीवन (Quality Life) जीउन सहयोग गरौ भन्ने मनसायले वि.सं. २०७१ साल मंसिर २५ गते गरेका हुन् ।
आफ्नै देशभित्र वसेर कुनै पनि जात, भाषा, धर्म र लिङ्गको विभेद बिना रोजगारीको सुर्वण अवसर प्राप्त गर्न सकिने हुँदा, यहाँ प्रज्ञा ईन्टरनेशनललाई एउटा साझा फूलवारी (A Shared Garden) रुपमा पनि व्याख्या गर्न सकिन्छ प्रज्ञा ईन्टरनेशनलमा प्रचिन तथा आधुनिक (Traditional or Modern) शैलीमा मार्केटिङ जागीर (Marketing J0b) गर्न चाहाने मिहेनती, ईमान्दार तथा कडा परीश्रमी व्यक्तिका लागि सदैव जागिरको अवसर समेत खुल्ला रहने छ । यस पेशामा आवद्ध हुन चहाने जो कोहीलाई प्रज्ञा ईन्टनेशनलको साथ सहयोग सदैव रहनेछ ।
स्थापनाकालदेखि Herbal र Cosmetic Products को Door to Door Marketing शुरु गरेको यस संस्थाले भविष्यका दिनहरुमा सम्भव भएसम्म शिक्षा, यातायात, होटल व्यवसाय, प्राविधिक क्षेत्र जस्ता विभिन्न क्षेत्रहरुमा समेत हात हाल्ने लक्ष्य लिएको छ । हाललाई यस संस्थाले देशका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरुमाझ केमिकलरहित स्वदेशी उत्पादन प्रयोग गरौं, स्वस्थ तथा सुन्दर बनौ र स्वदेशी उत्पादन प्रयोग गरौं, देश विकासमा केही हदसम्म भएपनि देवा पुयाई भन्ने उद्देश्यमा साथ “स्मृति हर्बल उद्योग सुधा हर्बल उद्योग र सिसिका हर्बल उद्योग” द्वारा उत्पादित उत्कृष्ट आयुर्वेदिक तथा कस्मेटिक उत्पादनहरूको Door to Door तथा Shop to Shop माध्यमबाट Marketing गर्दै आईरहेको छ । यस संस्थाले हाल विशेष गरेर दैनिक जीवनमा आईपर्ने विभिन्न समस्याको लागि उपभोग्य तथा प्रयोग योग्य आयुर्वेदिक तथा कस्मेटिक समानको Door to Door Marketing गर्दै आइरहेको छ । हाललाई कैलाली, कञ्चनपुर, बार्दिया र बाँकेमा मात्र सेवा शुरु गरेको यस संस्थाले आगामी दिनहरुमा देशको ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
प्रज्ञा ईन्टरनेशनलका लक्ष्य तथा भावी योजनाहरु (Aims and Future Plans of Pragya International);
१) सवैमा स्वदेसी उत्पादन प्रयोगमा जोड दिई नेपालको पैसा नेपालमै खर्च गर्ने बानीको विकास गराउने ।
२) आयुर्वेदिक उत्पादनको महत्व दसाई केमिकलरहित उत्पादनको प्रयोग जोड दिई सम्पूर्ण नेपालीमा स्वस्थ रहन र खुसी रहन मदत गर्ने ।
३) स्वदेशी उत्पादनलाई प्रथमिकता दिदै विदेशी आयातलाई निरुत्साहित गर्दै आफ्नो देशको पुँजी आफ्नै देशमा परिचालन गरी राष्ट्र विकास तथा निर्माणमा टेवा पुयाउने ।
(४) स्वस्थ्य, सुन्दरता तथा श्रीङ्गारका सामानहरु सम्भव भएसम्म स्वदेशमै उत्पादन भएका र अझ केमिकलरहित वस्तुको प्रयोगमा जोड दिने ।
५) बेरोगार तर काम गर्न चहाने व्यक्तिहरुलाई Marketing पेशामा पोक्त बनाई उक्त व्यक्तिको आय आर्जनमा वृद्धि गराई दैनिक जीवनस्तरमा सुधार गर्ने ।
(६) प्रज्ञा इन्टरनेश्नलमा कार्यरत हरेक कर्मचारीको कार्य गराईको सही मूल्याण गरि कार्यलयको नियम अनुसार श्रमको उचित मूल्य प्रदान गर्ने ।
७) अयोग्य र असक्षम व्यक्तिलाई तालिमसहित जागिरको अवसर प्रदान गरी Marketing पेशामा स्थापित बनाउने ।
८) भिन्ना भिन्नै भाषा, भौगोलिक क्षेत्र, धर्म र सम्प्रदायबाट आएका कर्मचारीलाई एउटै सुत्रमा बाँधी हरेक कर्मचारीमा एकताको महत्व र शक्ति दर्शाउने ।
९) Business को अर्थ र व्यक्तिगत जीवनमा त्यसको फाईदा र महत्व दर्शाई सबैलाई Marketing पेशामा आवद्ध हुन उत्प्रेरित गर्ने ।
१०) कर्मचारीहरुको संख्यामा उल्लेख्य वृद्धि गरि सम्भव भएसम्म देशका ७७ वटै जिल्लामा प्रज्ञा ईन्टरनेशनलको शाखा विस्तार गर्ने ।
१०) Door to Door Marketing को साथसाथै सम्भव भएसम्म शिक्षा, यातायात, होटल व्यवसाय, प्राविधिक जस्ता विविध क्षेत्रहरुमा हात हाल्ने ।
११) हाललाई कैलाली, कञ्यनपुर, बदिया र बाँके गरी चार जिल्लामा मात्र सेवा शुरु गरेको यस संस्थाले उपलब्ध गराउने सेवा देशको ७७ वटै जिल्लामा विस्तार गर्ने ।
१२) यस संस्थामा आवद्ध भएका र आवद्ध हुन चहाने ईमान्दार, लगनशील, मिहेनती र परिश्रमी व्यक्तिलाई आफ्नो खुट्टामा आफै उभिन सक्षम बनाउने ।
१३) सबै मिलेर अगाडी बढ्नुपर्छ, एकता नै ठूलो शक्ति हो, एकता बिना कुनै कार्य गर्न सहज हुदैन हामी सबै नेपाली सबै नेपाली एक हो भन्ने शन्देस छदै सबैलाई एक हुन मार्गनिर्देश गर्ने ।
Numbers Speak For Themselves!
Certified Products
Click edit button to change this text. Lorem ipsum dolor sit amet
We Deal With Various Quality Organic Products!
- Fresh fruits
- Dry fruits
- Fresh vegetables
- Dried vegetables
- Dried vegetables
- Beauty products
- Milk products
- Organic honey
- Organic tea